५ असार २०८३, शुक्रबार
,
Latest
जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ: मन्त्री रावल राष्ट्रिय सभाबाट सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृत तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक छः सांसद न्यौपाने मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि कृषक समूह महासंघले सरकारलाई दियाे सुझाव पूर्वाधारसम्बन्धी गुनासो समाधान गर्न ‘हेल्लो पूर्वाधार’ सेवा सुरु एक दशककाे कृषि तथा पशुपन्छी अनुदान दुरुपयोग छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन जेनजी आन्दोलनसम्बन्धि राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश राष्ट्रिय सभाबाट स्वीकृत फिफा विश्वकप: दबाबमा टर्की, अमेरिकालाई अस्ट्रेलियाको चुनौती
तपाईं के खोज्दै हुनुहुन्छ ?

संकटको समयमा समुद्रपारीबाट सहयोग



अ+ अ-

काठमाडौ । कोरोनाका कारण दैनिक जीवनयापन गुजार गर्न कठिनाई भै रहेको दोलखा , तामाकोशी  गाउँ पालिका वडा नंम्बर १ भीरकोटका माझी परिवारलाई अमेरिकाको, एटलान्टामा बस्ने नेपालीहरूले सहयोग गरेका छन् ।

 उनिहरुले आपसमा संकलन गरेको  रकमबाट  १२० घरधुरी माझी परिवारलाई स्वास्थ्य सामग्री  र खाध्यान्न सहयोग गरेका हुन् । माझी परिवारलाई माक्स , सेनेटाईजार ,थर्ममिटर , अक्सिमिटर  संगै दाल चामल लगायतका खाध्य सामग्रीहरु सहयोग स्वरुप उपलब्ध गराईएको हो ।  


विश्वमहामारीको यो संकट टार्न उनीहरुका लागि थोरै भएपनि मद्दत गर्ने प्रयास गरेको भन्दै सहयोगी समूहका एक सदस्य एबं संञ्चारकर्मी प्रेम बानियाले भन्नुभयो   सम्पूर्णत् ः यो परदेशमा दुखेको देश हो , नेपालीत्व हो ।

एटलान्टामा रहेका नेपालीहरु दीपक पहारी, सिके पराजुली, दिपेन्द्र थापा, दीपक लामा, बिना लामा, गणेश अधिकारी, सम्राट रायमाझी, राम पराजुली , सुदिप न्यौपाने कपिल वाग्ले, नुरज मास्के, कृष्ण देवकोटा, अम्बिका दाहाल लामा, प्रवेश बज्राचार्य, मन्जिला पोख्रेल, मनिष जोशी, कर्ण चन्द, कृष्ण पराजुली, प्रणय र सकिना, अर्बो एलएलसी, रेवती अधिकारी, दिलीप दाहाल, श्रीराम वाग्ले, स्मिता पहारी, सकिन श्रेष्ठ, प्रेम बानियाँ, किरण ढकाल, अनुप पन्त, सलाम लामा, विकास क्षेत्री, करिना पराजुली लगायतको सक्रियताका सहयोग सामग्री जुटेको थियो ।