२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बस्दै नबसी प्रतिनिधिसभा बैठक स्थगित



फाईल फोटो
अ+ अ-

काठमाडौँ । शुक्रबार दिउँसो ३ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक बस्दै नबसी आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ ।

केही दिनअघि आफूलाई प्रधामनमन्त्री बनाउन सरदार प्रीतम सिंह धेरै पटक दिल्ली गएको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेले बुधबारदेखि प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक चल्न दिएको छैन । एमालले प्रधानमन्त्रीको राजीनामा मागेको छ ।

एमालेले शुक्रबारको राष्ट्रियसभा बैठकमा अवरोध गरेको थियो । उसले प्रतिनिधिसभाको बैठक चल्न नदिने बताएको थियो । एमालेको उक्त अडानका कारण प्रतिनिधिसभाको बैठक अगाडि जान नसक्ने भएपछि सभामुखकै आग्रहमा प्रतिनिधिसभाको बैठक स्थगित गरिएको हो ।

सभामुखका प्रेस सल्लाहाकार शेखर अधिकारीले कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुखले सत्तापक्ष र प्रमुख विपक्षीबीच घनिभूत छलफल गरेर भोलिसम्ममा सहमति गर्न आग्रह गर्नुभएको बताउनुभयो ।

संसद अवरुद्ध हुँदा मिटरब्याज सम्बन्धी विधेयक पास हुन नसक्नु राम्रो नभएको उल्लेख गर्दै सभामुख घिमिरेले दलहरुको ध्यानाकर्षण गराउनुभएको छ । अधिकारीका अनुसार सभामुखले भन्नुभएको छ, “तपाईंहरु एउटा निष्कर्षमा पुग्नैपर्छ । त्यसका लागि सहजीकरण गर्न म तयार छु । पर्सिसम्ममा सहमति गर्नुहोला ।”