२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रावण महिनामा भगवान शिवको आराधना कसरी गर्ने ?



अ+ अ-

काठमाडौँ । १९ असार (जुलाई ४) देखि पवित्र महिना सुरु भएको छ । धार्मिक मान्यता अनुसार यस पवित्र महिनामा भगवान शिवको पूजा आराधनाको विशेष महत्व रहेको छ । साउन महिनामा भगवान शिवको आराधना गर्नाले साधकले बल, बुद्धि, ज्ञानलगायत धेरै कुरा प्राप्त गर्ने शास्त्रमा उल्लेख छ ।

यसका साथै जीवनमा आउने धेरै प्रकारका समस्याहरू पनि हट्छन् । ज्योतिष र वास्तुशास्त्रमा साउन महिनाको सन्दर्भमा केही उपाय र नियम पनि दिइएको छ । जसको पालना गर्नाले व्यक्तिले विशेष लाभ पाउँछ ।

यस दिशामा राख्नुहोस् भगवान शिवको मूर्ति
शास्त्रमा भनिएको छ कि भगवान शिवको मूर्ति त्यही दिशामा राख्नु पर्छ जसमा भगवान शिव बास गर्नुहुन्छ । भगवान शिवको वासस्थान कैलाश हो र कैलाश उत्तर दिशामा रहेको बताइन्छ । त्यसैले यस दिशामा भगवान शिवको प्रतिमा वा चित्र स्थापना गर्नुहोस् ।

सरसफाइमा विशेष ध्यान दिनुहोस्
साउन महिनामा शिव तथा देवी देवताको पूजा गर्दा सरसफाइमा विशेष ध्यान दिनुपर्छ । यसका साथसाथै घरको मन्दिरमा स्थापित देवी–देवताका मूर्तिहरूलाई समय–समयमा सफा गरिरहनुहोस् । यसो गर्नाले जीवनमा सुख र समृद्धि प्राप्त हुन्छ ।

सम्पूर्ण परिवारको तस्बिर राख्नुहोस्
भगवान शिवको तस्बिर स्थापना गर्दा उहाँको सम्पूर्ण परिवारको तस्बिर लगाउने कुरामा पनि ध्यान राख्नुहोस् । यसको अर्थ माता पार्वती, भगवान गणेश र भगवान कार्तिकेय चित्रमा उपस्थित हुनुपर्छ । यसो गर्नाले भगवान शिवको पूजा गर्दा विशेष फल प्राप्त हुन्छ ।

यस्तो छवि स्थापना नगर्नुहोस्
साउन महिनामा भगवान शिवको मूर्ति स्थापना गर्दा उहाँको तस्बिर क्रोधित मुद्रामा राख्नु हुँदैन भन्ने कुरामा ध्यान दिनुहोला । यसो गर्नाले घरमा नकारात्मक ऊर्जाको प्रभाव बढ्न सक्छ । साथै, स्थानीयहरूले भगवान शिवको क्रोधको सामना गर्नुपर्ने हुन सक्छ । यसैले उहाँको मुस्कान र सम्पूर्ण परिवारसँग पवित्र स्थानमा एक तस्बिर स्थापना गर्नुहोस् ।