२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपल्लो निर्णयकर्तालाई केरकार नगरी तल्लो तहकालाई समात्नु ठिक भएन– पूर्वमुख्यसचिव कोइराला



अ+ अ-

काठमाडौँ । पूर्वमुख्यसचि डा विमल कोइरालाले ललिता निवास जग्गा हिनामिना प्रकरणमा सञ्चार तथा सूचना प्रविधिमन्त्री कृष्णबहादुर राउतलाई पक्राउ गरिएको विषयप्रति असन्तुष्टि प्रकट गर्नुभएको छ ।

भौतिक पूर्वाधार मन्त्रालयमा शाखा अधिकृत हुँदा राउतले नक्कली मोहीलाई ललिता निवासको जग्गा दिने निर्णयको टिप्पणी उठाएको आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले आइतबार पक्राउ गरेको हो ।

ललिता निवास जग्गासम्बन्धी निर्णय तत्कालीन प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा बाबुराम भट्टराईको कार्यकालमा भएको थियो ।

पूर्वमुख्यसचिव डा कोइरालाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै उपल्लो निर्णयकर्तालाई केरकार नगरी तल्लो तहकोलाइ समात्नु ठिक नभएको बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ, “कृष्ण राउत शाखा अधिकृत हुँदाको कसुरमा परेछन्। उपल्लो निर्णयकर्तालाई केरकार नगरी तल्लो तहकोलाइ समात्नु ठिक भएन।”