२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोर्खा भर्तीबारे उपयुक्त समयमा निर्णय लिन्छौँ– परराष्ट्रमन्त्री



फाईल फोटो
अ+ अ-

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले गोर्खा भर्तीबारे उपयुक्त समयमा निर्णय लिइने भन्दै यस विषयमा सर्वसहमति आवश्यक हुने बताउनुभएको छ ।

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबारको बैठकमा उहाँले यस्तो विषयमा सर्वपक्षीय सर्वसहमति आवस्यक हुने भन्दै यस आधारमा उपयुक्त समयमा उपयुक्त निर्णय लिइने जानकारी दिनुभयो ।

भारतीय कानूनमा परिवर्तन भएपछि गोर्खा भर्ती रोकिएको उल्लेख गर्दै परराष्ट्रमन्त्री साउदले भन्नुभयो, “त्यसपछि भर्ती खुलाउन औपचारिक कूटनीतिक पहल भएको छैन ।”

भारतको ‘अग्निपथ’ योजनाअनुसारको गोर्खा भर्तीमा नेपालले असहमति जनाएपछि गत अगस्ट महिनाको अन्त्यमा भर्ना छनोटको काम अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।

भर्ना लिइएका युवामध्ये निश्चित प्रतिशतलाई मात्र चार वर्षपछि भारतीय सेनामा स्थायी पदस्थापन गरिने र अरूलाई निश्चित रकम दिएर घर फिर्ता पठाइने नीति भारत सरकारले अवलम्बन गर्ने निर्णय गरेको थियो ।

भारत सरकारको उक्त निर्णयपछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले अग्निपथ योजनाअनुसारको गोर्खा भर्ती स्थगित गरेको थियो।




भर्खरै