२४ जेष्ठ २०८३, आईतवार
,
Latest
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको भ्रष्टाचारविरोधी अभियान पोलिटिकल स्टन्टबाजी मात्र– ओली



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारविरोधी अभियानका नाममा सरकारले पोलिटिकल स्टन्ट मात्र गरेको बताउनुभएको छ ।

केही काम गर्न नसकेपछि सरकारले भ्रष्टाचार विरोधी अभियानका नाममा पोलिटिकल स्टन्ट मात्र गरेको बताएका छन् ।

एमालेको बागमती प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै उहाँले केही काम गर्न नसकेपछि सरकारले भ्रष्टाचार विरोधी अभियानका नाममा पोलिटिकल स्टन्ट मात्र गरेको तर भ्रष्टाचारविरोधी काममा सरकारको योगदान नै नभएको बताउनुभयो ।

“अहिलेको सरकार, खासगरी प्रधानमन्त्री र गृहमन्त्री, लडेको राँगो मैले पछारेको”, अध्यक्ष ओलीले भन्नुभयो ।

भुटानी शरणार्थी प्रकरणमा २०७९ जेठ १९ गते नै प्रहरी कहाँ निवेदन परेको भए पनि अहिले सरकारमा भएकाहरुले ढाकछोप गरेको र बाहिरिएपछि अघि बढाएको उहँको भनाइ थियो ।

यो नियमित प्रक्रियाअनुसार अघि बढेको भन्दै अध्यक्ष ओलीले ‘हामीले गर्‍यौँ’ भन्नु व्यर्थको पोलिटिकल स्टन्ट मात्र भएको बताउनुभयो । “अहिले पनि कहाँ मुद्दा चलेको छ र रु धर्मस्थलीतिरको केस खोई रु मातातीर्थको केस खोइ रु”, उहाँले भन्नुभयो ।

एमालेलाई बद्नाम गर्न खोजे पनि यस्ता कुनै अनियमितता र भ्रष्टाचारमा एमालेको संलग्नता नभएको समेत उहाँको भनाइ थियो ।