२३ जेष्ठ २०८३, शनिबार
,
Latest
देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

के रोग लागेको थियो सीता दाहाललाई



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सीता दाहालको बुधबार बिहान नर्भिक अस्पतालमा निधन भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारबाट उहाँलाई बिहान ८ बजे नर्भिक अस्पतालको इमरजेन्सीमा ल्याइएको थियो । दुर्लभ खालको पिएसपी (प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी) रोगले पीडित उहाँको बिहान ८ः३३ मा निधन भएको हो ।

दुर्लभ खालको पिएसपी रोग एक लाख मानिसमध्ये ५/६ जनलाई मात्र देखिने चिकित्सकहरुले बताएका छन् । पिएसपी एउटा दुर्लभ स्नायुसम्बन्धी (न्यूरोलजिकल) विकार हो जसले शरीरको चाल, हिँड्ने र सन्तुलन र आँखाको चाललाई असर गर्छ। पिएसपी मस्तिष्कको क्षेत्रहरुमा स्नायुका कोशिकाहरुको क्षतिको कारणले हुन्छ जसले सोच र शरीरको चाललाई नियन्त्रण गर्दछ।

पिएसपी पार्किन्सन रोगभन्दा फरक छ, यद्यपि तिनीहरूका केही लक्षणहरू समान छन्।

पिएसपी सामान्यतया एक व्यक्तिको मध्य ६० को दशकमा सुरु हुन्छ जबकि पार्किन्सन रोगका लक्षणहरू सामान्यतया विकसित हुँदै जान्छन् ।

यो रोगले सामान्यतया चाँडै विकराल रुप लिन्छ र पिएसपी भएका धेरैजसो व्यक्तिहरूले लक्षण सुरु भएको तीनदेखि पाँच वर्षभित्र गम्भीर असक्षमताको सामना गर्नुपर्छ ।

नर्भिक अस्पतालका चिकित्सकहरुका अनुसार सीता दाहालको शरीरले पनि दुई वर्षदेखि प्रतिक्रिया दिन छोडेको थियो । सीतालाई २०७४ सालदेखि यो रोगले च्यापेको हो। यसको उपचारका लागि उहाँलाई सिंगापुरदेखि अमेरिकासम्म लगिएको थियो। तर ती देशमा भएका उपचारले उहाँलाई निको भएन ।

तस्बिरः प्रदीपराज वन्त-रासस