२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभाको बैठक बस्दै, बिनियोजन विधेयक पारित गरिने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाका बैठक आज बस्दैछ । बुधबारका लागि तय भएको बैठक प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालकि पत्नी सीता दाहालको निधनपछि स्थगित भएको थियो ।

आज बस्ने बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट छलफलका क्रममा उठेका प्रश्नको अर्थमन्त्री डा प्रकाशशरण महतले जवाफ दिनुहुने कार्यसूची छ । आजैको बैठकमा खर्च कटौतीसम्बन्धी प्रस्तावलाई पनि बैठकमा निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची समेत छ ।

कार्यसूची अनुसार अर्थमन्त्री डा प्रकाशशरण महतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले जारी गरेको कार्य तालिकामा उल्लेख छ ।