काठमाडौं । आज बजारमा सुनको मुल्य स्थिर रहेको छ ।
हिजो (मंगलबार) प्रतितोला रु ९३ हजार ५ सयमा कारोबार भएको छापावाला सुनको मुल्य आज (बुधबार) पनि सोही मुल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मुल्य पनि हिजो (मंगलबार) कै मुल्य प्रतितोला रु ९३ हजारमा नै कारोबार भईरहेको छ ।
यता चाँदी प्रतितोला रु १३५० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।







