२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय सेन्सर बोर्डले ‘ओएमजी २’ प्रदर्शनमा रोक लगायो



अ+ अ-

काठमाडौँ । भारतीय फिल्म सेन्सर बोर्डले अक्षय कुमार स्टारर फिल्म ‘ओ माइ गड २’ को प्रदर्शनमा रोक लगाएको छ। ‘ओएमजी २’ को संवाद र दृश्यमा ध्यान दिंदै पुन: सेन्सर गरेर मात्र फिल्म प्रदर्शनबारे तय गरिने बताइएको छ।

भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार बोर्डले फिल्मलाई समीक्षा समितिमा पठाएको छ। आदिपुरुषलाई जस्तै विवाद हुन नदिन यस्तो कदम उठाए सेन्सर बोर्डले जनाएको छ। यसअघि ‘आदिपुरुष’ ले धार्मिक भावनामा ठेस पुर्‍याएको भन्दै विवाद भएको थियो।

गत महिना रिलिज भएको ‘आदिपुरुष’का केही संवादलाई लिएर भारतभर चर्को आलोचना भएको थियो । विवाद चर्किएपछि उक्त फिल्मको प्रदर्शन नेपालमा समेत रोकिएको थियो ।

‘ओएमजी २’ को टिजर ११ जुलाईमा सार्वजनिक गरिएको थियो। टिजरमा परेश रावललाई नास्तिक, पंकज त्रिपाठीलाई आस्तिक र अक्षय कुमारलाई भगवान शिवको रूपमा प्रस्तुत गरिएको छ।

अमित राय लिखित तथा निर्देशित फिल्ममा अक्षय, परेश र पंकजसँगै यामी गौतमको मुख्य भूमिका छ। यो फिल्म अगस्ट ११ देखि प्रदर्शन हुँदैछ।