२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकतन्त्रको साइन बोर्ड भएर हुँदैन, व्यवहार आचरण लोकतान्त्रिक हुनुपर्छः ओली



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा अझैपनि भोकमरीको अवस्था रहेको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्चको २४ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कतिपय गरिबीको रेखाुमनी रहेका नागरिकहरुले आधारभुत अधिकारसमेत नपाइरहेको बताउनु भयो ।

उहाँले यसबारेमा राज्यलाई सचेत गराउनु पर्ने बताउनु भयो । अध्यक्ष ओलीले लोकतन्त्र साइन बोर्ड र प्रणालीमा मात्रै सिमित नभइ आचरण, व्यवहार, जीवनपद्धति र राज्यको कार्यशैलीमा हुनुपर्ने बताउनु भयो । उहाँले यसका लागि राज्यका सबै तहका नागरिकहरुले झक्झक्याउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘लोकतन्त्र, आचरण, व्यवहार, जीवनपद्धति, राज्यको शैलीमा, राज्यको कार्यशैलीमा हुनुपर्छ लोकतन्त्र । साइन बोर्डमा, प्रणालीमा लोकतन्त्र भनेर मात्रै हुँदैन । तसर्थ आज पनि मानव अधिकारका निम्ति प्रयास गर्नुपर्ने जरुरी छ । एउटा हामी हरेकले प्रयास गर्नुपर्ने छ र अर्को सरकारलाई भन्नुपर्ने छ । हामी जो जहाँ छाँै, त्यहाँबाट प्रयास गर्नुपर्छ । अर्को सरकारलाई हामीले भन्नुपर्ने, देखाउनुपर्ने, दबाब दिनुपर्ने अवस्था छ, जब निरपेक्ष गरिबीको रेखामुनि अहिले पनि ठूलो प्रतिशतको जनसंख्या छ । निरपेक्ष गरिबीको रेखामुनि ।

अहिले पनि देशमा भोकमरीको स्थिति छ । निरपेक्ष गरिबीको रेखामुनी र बहुआयामिक गरिबीको रेखामुनी एउटा ठूलै हिस्सा समाजको अहिले पनि छँदै छ भने मानव भएर बाँच्न पाउने आधारभुत अधिकार प्राप्ति नै भएको छैन । आधारभुत अधिकार नै प्राप्त भएको छैन भने अरु अधिकार कहाँबाट आउँछ । घरको जग नै बनेको छैन भने माथिल्लो तला कसरी बन्छ ? मानव अधिकारको जग नै कमजोर छ । मानिसले बाँच्न पाउने अधिकार हो । बाँच्न पाउने खान पाउने अधिकारबाट मानव अधिकार शुरु हुन्छ ।’

अध्यक्ष ओलीले अहिले पनि गरिबीको रेखामुनी ठूलो संख्या रहेकाले सबै मिलेर उनीहरुलाई आधारभुत अधिकार दिलाउनुपर्ने बताउनु भयो ।