२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले सचिवालय बैठक: असंवैधानिक रुपमा गठन भएको कोशी प्रदेश सरकार भंग गर्न माग



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले वागमती प्रदेशको इन्चार्जमा गुरु बराललाई तोकेको छ ।

शनिवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । बैठकले वर्तमान सत्ता गठबन्धन संविधानको उल्लंघन गर्ने, संवैधानिक संस्थाहरुमा हस्तक्षेप गर्ने, यिनीहरुलाई विभाजित र निष्प्रभावी बनाउने र लोकतन्त्रलाई जरैदेखि खल्बल्याउने काममा उद्धत भएको आरोप लगाएको छ । त्यस्तै कोशी प्रदेश सभामा सत्ता गठबन्धनबाट गरिएको संविधान बिरोधी क्रियाकलाप गरेको ठहर गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बताउनु भयो ।

उहाँका अनुसार बैठकले सरकार गठन गर्ने र हटाउने सन्दर्भमा सभामुख स्वयं संलग्न हुने कुरा नेपालको संविधान, नियन्त्रण र सन्तुलनका विश्वव्यापी मूल्यमान्यता एवं आफ्नै लोकतान्त्रिक र संसदीय अभ्यासमाथिको नांगो प्रहार भएको ठहर गरेको छ । यस्ता कार्यका लागि एमालेले सत्ता गबठन्धनको भत्र्सना गर्ने बताउनु भयो । असंवैधानिक ढंगले गठन गरिएको कोशी प्रदेश सरकार भंग गरी सरकार गठनको संविधानसम्मत प्रक्रिया तत्काल आरम्भ गर्न माग गर्नुभयो ।

उहाँले देशभर फैलिएको लम्पी स्किनबाट हालसम्म ७ लाख ६४ हजार भन्दा बढी चौपायाहरु संक्रमित भएको, २७ हजार गाईवस्तुको मृत्यु भएको र यसबाट हालसम्म किसानहरुले अर्बौंको नोक्शानी व्यहोर्नुपरेको र संक्रमण निरन्तर फैलिरहेकाले किसानहरुले व्यहोर्नुपरेको क्षतिलाई न्युन गर्न तत्काल प्रभावकारी कदम चाल्न, बीमा रकम तत्काल भुक्तान गर्न, खोपको प्रभावकारी प्रवन्ध गर्न र किसानहरुलाई राहत दिन सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको बताउनु भयो । उहाँले बैठकले किसानहरुले सुलभ रुपमा रासयनिक मल पाउने व्यवस्था गर्न सचेत गराएको छ । मिटरब्याज सम्बन्धी विधेयकलाई लिएर एमालेप्रति नकारात्मक भ्रम फैलाइएकोप्रति आपत्ति जनाउँदै विधेयक पास गर्नका लागि तत्काल आवश्यक कानूनी प्रवन्ध गर्न माग गरेको बताउनु भयो । अविलम्व नयाँ विधेयक ल्याइ समस्या समाधान गर्न आग्रह गर्नुभयो । त्यस्तै बैठकले स्वतन्त्र र स्वायत्त प्राज्ञिक संस्थामाथि सत्तापक्षबाट हस्तक्षेप भइरहेको भन्दै सरकारको कदमको भत्र्सना गरेको छ ।

त्यस्तै बैठकले अविरल वर्षाका कारण आएको विपद्का कारण भएको क्षतिको परिपूर्ति गर्न सरकारसँग माग गरेको छ । त्यस्तै प्राकृतिक विपद्का बेला तयारी अवस्थामा रहन तथा राहत र उद्धारका लागि तत्काल काममा खटिन पार्टी संवद्ध युवा, विद्यार्थी, भूपु सैनिक, प्रहरीसहित पार्टी पंक्तिलाई आह्वान गरेको छ । बैठकले वर्तमान सत्ता गठबन्धन विभिन्न स्वायत्त र गैरराजनीतिक संस्थाहरुमाथि निरन्तर हस्तक्षेपमा लागेको भन्दै आपत्ति जनाएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओली साउन देखि ६ गतेसम्म कम्बोडिया भ्रमणमा जाने निर्णय समेत सचिवालय बैठकमा भएको बताउनु भयो ।




भर्खरै