२३ जेष्ठ २०८३, शनिबार
,
Latest
देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुजरात उच्च अदालतलाई चुनौती दिँदै राहुल गान्धी सर्वोच्च अदालतमा



अ+ अ-

नयाँ दिल्ली । कांग्रेस नेता राहुल गान्धी मोदी उपनाम मानहानि मुद्दामा सर्वोच्च अदालत पुगेका छन्। आफ्नो निवेदनमा गान्धीले यसअघि गुजरात उच्च अदालतले दोषी ठहर गर्ने निर्णयमा रोक लगाउन माग गरेका छन् ।

वास्तवमा गुजरात उच्च अदालतले मोदी उपनाम मामिलामा गान्धीको सजायलाई रोक्न अस्वीकार गरेको थियो। अहिले गान्धीले गुजरात उच्च अदालतको फैसलालाई चुनौती दिएका छन् ।

कांग्रेस नेता गान्धीले सर्वोच्च अदालतमा सजाय रोक्न अपिल गरेका छन् । मोदी उपनामको मुद्दामा सजाय पाएपछि उनले लोकसभाको सदस्यता गुमाउनु परेको थियो ।

सन् २०२३ मार्च २३ मा भारतीय जनता पार्टी ९बिजेपी० का विधायक पूर्णेश मोदीको उजुरीका आधारमा मुख्य न्यायिक मजिस्ट्रेट, सूरत अदालतले गान्धीलाई दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाएको थियो।

सोही फैसलाका कारण उनको संसदको सदस्यता पनि खेर गयो । यति मात्र होइन, सजाय पूरा गरेपछि उनी आगामी ६ वर्ष अर्थात् २०३१ सम्म चुनाव लड्न पनि अयोग्य भए ।

त्यसपछि अप्रिलमा गान्धीले उक्त फैसलाविरुद्ध सेसन अदालत पुगेका थिए । सेसन अदालतले अपील पेन्डिङ रहन्जेलसम्म उनलाई जमानत दियो तर फैसलामाथि रोक लगाउन अस्वीकार गर्यो ।

उक्त फैसलालाई गान्धीले गुजरात उच्च अदालतमा चुनौती दिएका थिए तर उच्च अदालतले पनि सेसन अदालतले गरेको दोषी ठहरसम्बन्धी फैसलामाथि रोक लगाउन अस्वीकार गर्यो।