२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोलखाको गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष तामाङको निधन



अ+ अ-

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामाङको आइतबार निधन भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि दुई दिनअघि अस्पताल भर्ना भएका गौरीशंकर–६ चंखु स्थायी घर भएका तामाङको आइतबार उपचारका क्रममा गंगालाल हृदयरोग केन्द्र बाँसबारीमा निधन भएको हो ।

तमाङ कामको सिलसिला काठमाडौँ पुगेका बेला एक्कासि पेट दुख्ने र पखाला लाग्ने समस्या भएपछि दुईदिनअघि भक्तपुरको मध्यपुर थिमि अस्पतालमा भर्ना भएका थिए ।

त्यहाँ उपचार सम्भव नभएपछि उनलाई मुटुमा समस्या देखिएको आशंकामा मध्यपुर थिमि अस्पतालले गंगालाल हृदयरोग केन्द्र बाँसबारी रिफर गरेको थियो । तमाङलाई स्वास्थ्यमा जटिल समस्या देखिएपछि आइतबार दिउँसो शल्यक्रिया गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

नेपाली कांग्रेसको राजनितिमा लामो समयदेखि सक्रिय तमाङ कांग्रेस र नेकपा (माओवादी केन्द्र) को गठबन्धनबाट विजयी भएका थिए । उनी २०७८ साल वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित भएका थिए ।