२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एलओडीका म्यानेजरसहित २ जना पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले काठमाडौंको ठमेलस्थित एलओडीका म्यानेजर सहदेव सेढाईंसहित दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले बालिकालाई क्लबमा प्रवेश गराएको घटनामा अनुसन्धान गर्न सेढाईं र काउन्टरमा काम गर्ने सपना ढुंगानालाई पक्राउ गरेको हो ।

एलओडीमा गएकी एक १६ वर्षकी बालिका बलात्कृत भएको घटनापछि प्रहरीले उमेर नपुगेको व्यक्तिलाई क्लबमा प्रवेश गराएको भन्दै अनुसन्धान जारी राखेको छ । यही प्रकरणमा यसअघि एलओडीका सञ्चालक रुदिल बल्लभ श्रेष्ठ र राजुसिंह सुवाल पक्राउ परेका थिए ।

यद्यपि, घटना भएका बेला क्लबमा नरहेको भन्दै उनीहरुलाई उपस्थित हुनुपर्ने अवस्थामा आउने गरी छुटेका छन् ।