२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिम्स्टेकमा विदेश मन्त्रीबीच सहयोग सुदृढ पार्ने उपायबारे छलफल



अ+ अ-

काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) सदस्य मुलुकका विदेश मन्त्रीहरुबीच एकापसमा सहयोग सुदृढ पार्ने उपायबारे छलफल भएको छ ।

थाइल्यान्डको राजधानी बैंककमा आज बिम्स्टेक सदस्य मुलुकका विदेशमन्त्रीबीच आपसी सहयोगलाई सुदृढ पार्ने उपायबारे छलफल भएको हो । छलफलका क्रममा ऊर्जा सहयोग, प्रसारण लाइन विस्तार, जलवायु परिवर्तन, स्वास्थ्य र खाद्य सुरक्षा तथा प्रविधिसहितका क्षेत्रमा कुरा भएको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिनुभयो ।

‘बैंककमा हामी बिम्स्टेक सदस्य राष्ट्रका विदेशमन्त्रीले आपसी सहयोगलाई सुदृढ पार्ने उपायबारे फलदायी छलफल गरेका छौँ,’ उहाँले भन्नुभयो, “ऊर्जा, प्रसारण लाइन विस्तार, जलवायु परिवर्तन, स्वास्थ्य र खाद्य सुरक्षा र प्रविधि हाम्रो छलफलका प्रमुख क्षेत्र थिए ।”

बिम्स्टेक राष्ट्रका विदेश मन्त्रीस्तरीय ‘रिट्रिट’मा सहभागी हुन परराष्ट्रमन्त्री साउद आइतबार बैंकक जानु भएको हो । बिम्स्टेकमा नेपाल, भारत, भुटान, बङ्गलादेश, श्रीलङ्का, थाइल्याण्ड र म्यानमार सदस्य छन् । बैंककमा परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री एस जयशङ्करबीच ‘साइडलाइन’ वार्ता हुने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री साउद यही साउन २ गते स्वदेश फर्किने कार्यक्रम छ । रासस