२४ जेष्ठ २०८३, आईतवार
,
Latest
जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक आज पनि बस्दै छ । गत शुक्रबारदेखि पुष्पलाल स्मृति प्रतिष्ठानमा जारी बैठकमा समावेश गरिएका कार्यसूचीमा छलफल नसकिएकाले आज पुन: बस्न लागेको हो ।

सङ्गठन सुदृढीकरण अभियानको समीक्षा, वैचारिक नीति, कामको विस्तृत योजनाका साथै पार्टी परित्याग गरी गएका केही नेताको पद रिक्त रहेकाले ती पदमा मनोनित गर्ने भन्ने विषयमा बैठकमा छलफल गरिने उपमहासचिव डा विजय पौडेलले जानकारी दिनुभयो ।

बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, उपमहासचिव डा गङ्गालाल तुलाधर, उपमहासचिव डा पौडेललगायत नेताले पार्टीको वैचारिक नीति र सङ्गठन सुदृढीकरणमा धारणा राखिसक्नुभएको छ । पार्टीमा केही उपाध्यक्षसहितका पदाधिकारी तथा बागमती र लुम्बिनी प्रदेशमा इन्चार्ज पद रिक्त छन् । बैठकमा जनसङ्गठन युवा र विद्यार्थी विभागका काम व्यवस्थापनका लागि कार्ययोजना पारित गरिने छ । रासस