५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस बैठक: घरघर जाउँ, पार्टी सदस्य बनाउँ



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसले पार्टी सदस्यता वृद्धि गर्ने उद्देश्यले ‘घरघर जाउँ, पार्टी सदस्य बनाउँ’ अभियान सुरु गर्ने भएको छ ।

पार्टी कार्यालय सानेपामा मंगलबार सुरु भएको केन्द्रीय समितिको बैठकमा महामन्त्री गगनकुमार थापाले ५ देखि ७ लाख नयाँ सदस्य थप्ने लक्ष्यका साथ यही साउन २० गतेदेखि २०८१ असार ३१ सम्म ‘घरघर जाउँ, पार्टी सदस्य बनाउँ’ अभियान चलाउने प्रस्ताव राख्नुभएको हो ।

उहाँका अनुसार कम्तीमा ५ लाखदेखि ७ लाख नयाँ सदस्य बनाउने उद्देश्यले यो अभियान प्रारम्भ गरिनेछ ।

विसं २०७८ मंसिर–पुसमा भएको १४ औँ महाधिवेशनको समयमा कांग्रेसमा ८ लाख ६६ हजार क्रियाशील सदस्य थिए ।

महामन्त्री थापाले उनीहरुको सदस्यता साउनभित्र उपलब्ध गराइने र भदौ, असोज र कात्तिकमा जिल्ला कमिटीहरुले नवीकरण गर्ने जानकारी दिनुभयो । नयाँ सदस्यका लागि कांग्रेसले अनलाइन प्रणाली सुरु गरेको भन्दै उहाँले यसलाई अझ प्रभावकारी बनाउने बताउनुभयो ।