नयाँदिल्ली । कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट सर्वाधिक असर परेको भारतमा पछिल्लो २४ घन्टामा संक्रमण र मृत्युदर दुबैमा कमी देखिएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्ला २४ घन्टामा ३ हजार ७४१ जनाको ज्यान गएको छ । साथै थप २ लाख ४० हजार ८४२ जना नयाँ संक्रमित थपिएका छन् । भारतमा हालसम्म २ लाख ९९ हजार २६६ जनाको कोभिडकै कारण मृत्यु भएको छ ।
भारतमा पछिल्ला २४ घन्टामा ३ लाख ५५ हजार व्यक्ति संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । यो सहित भारतमा कूल संक्रमित २ करोड ६५ लाख मध्ये २ करोड ३४ लाख संक्रमणमुक्त भएका छन् । भारतमा अझै पनि २८ लाख भन्दा बढी व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् ।
गत जनवरीदेखि खोप लगाउन थालेको भारतमा हालसम्म १९ करोड ५० लाख डोज खोप दिइएको मन्त्रालयको भनाइ छ ।












