५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

नौ सय नेतालाई तोक्यो राप्रपाले भूगोलको जिम्मेवारी (सूचीसहित)



फाईल फोटो
अ+ अ-

काठमाडौँ । संगठन विस्तारका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रदेखि जिल्ला तहका नौ सय नेतालाई स्थानीयस्तरमा खटाउने भएको छ ।

देशका ७५३ स्थानीय तह र ६ हजार ६४३ वडा तथा प्रवासमा समेत राप्रपाले नेताहरू तोकेर जिम्मेवारी प्रदान गरेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले समेत भूगोलको जिम्मेबार लिनुभएको छ ।

तर राप्रपाका तीन वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्द, डा प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणालाई भूगोल केन्द्रित जिम्मेवारी दिइएको छैन ।

पार्टी अध्यक्ष लिङ्देनले धरान उपमहानगरपालिकाको जिम्मेवारी लिनुभएको छ । वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आफैँले संसदीय निर्वाचन लडेको क्षेत्र काठमाडौँ–१ पाउनुभएको छ ।

त्यसैगर डा धवलशम्शेर राणाले नेपालगञ्ज, उद्धव पौडेलले विराटनगर, विक्रम पाण्डेले भरतपुर, प्रवक्ता मोहन श्रेष्ठले गोरखा (भीमसेन, सहिद र लखन), ज्ञानेन्द्र शाहीले जुम्ला (तातोपानी, चन्दननाथ), रेखा थापाले सुन्दर हरैचा बेलबारीको जिम्मेवारी पाउनुभएको छ ।

राप्रपाका अनुसार जिम्मेवारी प्राप्त गर्ने नेताहरूले आफूलाई तोकिएको भूगोलमा ६ महिनासम्म संगठन विस्तार र सुदृढीकरणका काम गर्नुपर्ने छ ।

उनीहरूले गरेको कामको अनुगमन तथा मूल्यांकन पार्टीका प्रदेश संयोजक र सह–संयोजकहरुले गर्नेछन् ।

यही क्रममा राप्रपाले राजसंस्था, हिन्दू राष्ट्र र संघीयतासम्बन्धी पार्टीको अवधारणालाई जनताको घरदैलोमै पुर्‍याउने लक्ष्य लिएको छ ।

पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार जिम्मेवारी तोकिएका नेताहरूले भ्रष्टाचार र भ्रष्टाचारविरुद्ध पार्टीका अवधारणाहरूलाई प्राथमिकताका साथ राख्ने तथा नयाँ पुस्तालाई पार्टीमा जोड्ने विशेष अभियान सञ्चालन गर्ने काम गर्नेछन् । उहाँले तोकिएको भूगोलको जिम्मेवारीमा नजाने नेताहरू स्वत: पदीय जिम्मेवारीबाट मुक्त हुने बताउनुभयो ।

भूगोल केन्द्रित जिम्मेवारीमा रहेका नेताहरूले आफ्नो दैनिक क्रियाकलाप विद्युतीय माध्यमबाट सचिवालयमा नियमित पेश गर्नुपर्ने छ । प्रवक्ता श्रेष्ठले ६ महिनापछि भूगोलको जिम्मेवारी हेरफेर हुन सक्ने बताउनुभयो ।

हेर्नुहोस् सूची:

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2023/07/raprapa.pdf”]