२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतितोला आठ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?



अ+ अ-

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा साता कारोबारको अन्तिम दिन शुक्रबार सुन–चाँदीको मूल्य घटेको छ।

बिहीबार नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज प्रतितोला आठ सय रुपैयाँले घटेको हो।

आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार आठ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावाल सुन उच्च बिन्दुमा पुगि प्रतितोला एक लाख १३ हजार छ सय रुपैयाँमा कारोबार भएकोे थियो ।

यस्तै, शुक्रबार तेजाबी सुन प्रतितोला एक लाख १२ हजार दुई सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजाबी सुन प्रतितोला एक लाख १३ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर १४ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।