२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रकाश सपुतले ल्याए ‘दमाई महाराज’ (भिडियोसहित)



अ+ अ-

काठमाडौँ । गायक प्रकाश सपुतको नयाँ गीत ‘दमाई महराज’ सार्वजनिक भएको छ । आफ्ना गीतमा समाजका विकृति, विसंगति र विभेदविरुद्धको सन्देश प्रवाह गर्ने गायक सपुतले यो गीतमा जातीय विभेदको कथा दर्शाएका छन् ।

प्रकाशकै शब्द तथा लय रहेको गीतमा उनलाई गायनमा शान्तिश्री परियारले साथ दिएकी छन् । यसअघिका उनका चर्चित गीत ‘बोलमाया’ र ‘गलबन्दी’को अन्तिम भाग भनिएको गीत ‘दमाई महाराज’को भिडियोमा गाउँमा लगाइएको महायज्ञमार्फत जातीय विभेदविरुद्धको सन्देश प्रवाह गरिएको छ ।

प्रकाश सपुतकै कथा, निर्माण र निर्देशन रहेको गीतको भिडियोमा प्रकाश, अञ्जली अधिकारी, गीता ढुंगाना, गरिमा शर्मा, प्रभात ठकुरी लगायतको अभिनय छ ।

भिडियोलाई मानकृष्ण महर्जन र दिनेश पराजुलीले खिचेका हुन् भने प्रविन भट्टले सम्पादन गरेका छन् । गीतको एरेन्जर सुदीप सागर हुन् ।