२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

नीति अधिवेशन असोजमा गरौँः विजयकुमार गच्छदार



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले आगामी असोजमा पार्टीको नीति अधिवेशन गर्नुपर्ने बताउनुभएको छ ।

आईतवार पार्टी केन्द्रिय कार्यसमितिको बैठकमा बोल्दै नेता गच्छदारले समयमै नीति अधिवेशन गर्नुपर्ने बताउनुभएको हो । उहाँले आगामी असोजमा नीति अधिवेशन गर्न प्रश्ताव गर्नुभयो । उहाँले नीति अधिवेशनमा पार्टीको आगामी दिशाको बारेमा माथिबाट नै बहश हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘देशको राजनीति बिग्रिएको छ । अझै बिग्रिन्छ देशको राजनीति । बिग्रिरहेको राजनीतिक परिवेशमा नेपाली काँग्रेसले कसरी अगाडी बढ्दाखेरी राम्रो हुन्छ भनेर यो चानचुने विषय होइन । एक नम्बरको एजेण्डामा देशको समसामयिक राजनीतिक विषयमा छुट्टै बैठक राखियोस् । समयमै नीति अधिवेशन गर्नुस् । सक्नुहुन्छ भने असोजमा गर्नुस् । सक्नुहुन्न भने कार्तिकमा चाडपर्व छ मंसिरमा गर्नुस् । नीति अधिवेशनमा तपाईले सभापतिजी एजेण्डा प्रश्तुत गरिसकेपछि प्रश्तावमा माथि बाट नै बहश गर्ने अनुमति दिनुस् ।’

उहाँले देशको समसामयिक राजनीतिक अवस्थाको विषयमा छलफल गर्न पार्टीको छुट्टै बैठक गर्नुपर्ने माग गर्नुभयो । उहाँले देशको राजनीति बिग्रिरहेको भन्दै यस्तो अवस्थामा काँग्रेसले कसरी अगाडी बढ्ने भन्नेमा छलफल हुनुपर्ने बताउनु भयो ।