२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सनी देवल र अक्षय कुमारबीच भिडन्त हुने



अ+ अ-

एजेन्सी । दुई ठूला र बहुप्रतिक्षित चलचित्रहरू ‘गदर २’ र ‘ओ माई गड २’ अर्थात् ओएमजी २ बीच भिडन्त हुने भएको छ ।

अगस्ट ११ मा दुई ठूला फिल्महरु सँगै लाग्ने भएका हुन् । एकै दिन रिलिज भएपनि विधा फरक भएकाले दुबै चलचित्रले दर्शकको मन जित्न सक्ने अपेक्षा गरिएको छ ।

बलिउड हंगामासँग कुराकानीमा फिल्म समीक्षक र ट्रेड विश्लेषक तरण आदर्शले सनी देवलको गदर २ र अक्षय कुमारको ओएमजी २ बीचको बक्स अफिस टकरावको बारेमा कुरा गरेका छन् ।

आदर्शले भने, ‘अहिले एकै दिन दुई फिल्म रिलिज हुनु ठीक छ तर ३ फिल्म एकसाथ रिलिज हुनु ठीक होइन । यो लामो विकेन्ड हो त्यसैले दुबैले कमाउने मौका पाउनेछन् । योसँगै दुवै फिल्म एकअर्काभन्दा बिल्कुलै फरक छन् । त्यसैले दुवै चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ । चाखलाग्दो कुरा के छ भने, दुवै फिल्म उनीहरूको हिट फ्रेन्चाइजको दोस्रो भाग हो ।’

गदर २ को बारेमा कुरा गर्दा, जी स्टुडियो र अनिल शर्माको गदर २ सन् २००१ मा आएको फिल्म गदर–एक प्रेम कथाको सिक्वेल हो । यसमा सनी देवल र अमिषा पटेलले तारा सिंह र सकिनाको भूमिकालाई पुनः प्रस्तुत गर्दैछन् । यो चलचित्रको सिक्वेलको प्रतिक्षामा सबै जना आतुर थिए र अब २२ वर्षपछि गदर २ आउँदै गर्दा सिनेमा हलहरुमा भीड लाग्ने पक्का छ ।

२०१२ को हिट फिल्म ओ माई गड को सफलताको ११ वर्ष पछि आउन लागेको यसको सिक्वेल यो वर्षको सबैभन्दा प्रतिक्षित चलचित्रहरू मध्ये एक हो । पहिलो फिल्ममा अक्षय भगवान कृष्णको भूमिकामा देखिएका थिए भने ओ माई गड २ मा उनी भगवान शिवको भूमिकामा आफ्ना भक्तको समस्या समाधान गर्ने देखिनेछन् ।