२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोरक्कोको पोस्टमा जर्मनीको आधा दर्जन



अ+ अ-

एजेन्सी । फिफा महिला विश्वकप अन्तर्गत जर्मनीले सानदार सुरुवात गरेको छ । सोमबार दिउँसो अष्ट्रेलियाको मेलवर्न रेक्टांगुले स्टेडियममा भएको समूह चरण अन्तर्गतको खेलमा जर्मनीले मोरक्कोलाई ६–० गोलले पराजित गरेको हो ।

जर्मनीलाई फराकिलो जित दिलाउन अलेक्जान्ड्रा पोपले दुई गोल गरिन् भने क्लारा वुहल र लिआ सुलेरले एक–एक गोल गरे । दुई गोल भने जर्मनीले उपहारस्वरुप पायो ।

मोरक्कोकी हनाने हजले ५४ औं तथा यासमिन एम्रावेटले ७९ औं मिनेटमा गोल गरेका थिए । पोपले ११ औं तथा ३९ औं मिनेटमा दुई गोल गरिन् भने क्लाराले ४६ औं तथा सुलेरले ९० औं मिनेटमा गोल गरिन् ।

समूह एच मा रहेको जर्मनीले महत्वपूर्ण तीन अंक जोड्दा मोरक्कोले भने हारबाट विश्वकपको सुरुवात गरेको छ ।