२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत सर्लाहीमा मृत भेटिए



(सांकेतिक तस्बिर)
अ+ अ-

काठमाडौँ । सर्लाहीमा राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत अनुसन्धान अधिकृत मृत भेटिएका छन्। आज बिहान ५;४५ बजे इश्वरपुर नगरपालिका-९ खोरिया टोलमा अनुसन्धान अधिकृतका रूपमा सर्लाहीमा कार्यरत २९ वर्षीय बसन्त शाह मृत फेला परेका हुन् ।

गएराति ड्युटी सकेर घर फर्किएका शाहको मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा फेला परेको सर्लाहीका डिएसपी जितेन पञ्जियार थारूले जानकारी दिए।

इश्वरपुर नगरपालिका(६ बयलबासस्थित घर फर्कदै गर्दा उनी सवार बागमती प्रदेश(०२(०१६ प ००७१ नम्बरको मोटरसाइकल खोरिया टोलमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो ।

मृतकको शव पोष्टमर्टमका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको डिएसपी थारूले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको छ ।