२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङ घटना: वरिष्ठ सईको हत्या गरिएको प्रहरीको प्रारम्भिक निष्कर्ष



अ+ अ-

बागलुङ । जिल्लाको बडिगाड गाउँपालिका–६ स्थित आशा होटलमा मृत भेटिएका वरिष्ठ सईको हत्या भएको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ ।

सोमबार बिहान इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ प्रहरी नायव निरीक्षक (सई) उज्जल पौडेल आशा होटलको तल्लो तलामा पर्दाको पासो लगाएको अवस्थामा मृत भेटिएका थिए ।

मृत भेटिएका पौडेलको हत्या भएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी मदन केसीले जानकारी दिए । ‘टाउको र छातीमा कुटपिट गरेर बेहोस बनाएपछि कपडाले घाँटी कसेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ’, उनले भने ।

प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा होटल संचालिका ५१ वर्षीय आशा कुँवर र उनका छोरा विनोद कुँवरलाई पक्राउ गरेको छ । होटलमा खाजा खान गएका बेला सई पौडेल र होटल संचालिकाको आमा–छोरासँग विवाद हुँदा हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धान छ ।

घटनाबारे थप अनुसन्धान भईरहेको छ ।




भर्खरै