२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीको जवाफ– सरकारले भ्रष्टाचारको छानबिन अघि बढाउँदा टाउको नदुखाऔं



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले सरकारले भ्रष्टाचारको जुनसुकै काण्डमा मुछिएकाहरूलाई कारबाही गर्ने बताएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भ्रष्टाचारको विषयमा सरकारले छानबिन अगाडि बढाइरहेको र यसमा माननीयहरुले टाउको नदुखाउन अनुरोध गरे ।

उनले भने, ‘सरकारको जिम्मेवारी सम्हाल्नुभएको गृहमन्त्री र अर्थमन्त्रीको बारेमा प्रश्न उठेको छ । दिउँसै रात पार्न खोजिएको थियो । रातलाई दिउँसो पारिँदैछ । भ्रष्टाचारको विषयमा सरकारले छानबिन अगाडि बढाइरहेको छ । माननीयज्यूहरूलाई टाउको नदुखाउन म अनुरोध गर्छु । कसैको अनुहार हेर्न जरुरी छैन सरकार अगाडि बढोस्, बाँकी उठेका कतिपय विषयमा पनि सरकारले छानबिन गरेर व्यक्तिको अनुहार हेरेर होइन उसको काम हेरेर राज्यलाई सुशासनको प्रत्याभूति दिने गरी अगाडि बढोस् । माछो ठूलो सानोको प्रसंग होइन ।’

सुन प्रकरणलाई लिएर सत्ता कांग्रेसकै सांसद सुनिल शर्माले अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा मागेको साथै एमालेले अवरोध गरेपछि पौडेलले जवाफमा ‘दोषीलाई कारबाही गर्दा माननीयज्यूहरु त खुसी हुनुपर्ने होइन र ?’ भन्दै प्रश्न गरे ।

उनले सरकारलाई भ्रष्टाचारसँग सम्बन्धित उठेका प्रश्नहरुको बारेमा छानबिन गरेर, व्यक्तिको अनुहार नहेरी व्यक्तिको काम, शैली, तरिका र गल्ती हेरेर आफ्को क्रियाकलाप अगाडि बढाउन आग्रह गरे ।