२३ जेष्ठ २०८३, शनिबार
,
Latest
देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवाह भएको २६ वर्षपछि नेपाल आएर जापानी महिलाले हालिन् बहुविवाहको मुद्दा



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौं। एक जापानी महिलाले नेपाल आएर नेपाली पुरुषविरुद्ध बहुविवाहको मुद्दा हालेकी छिन्। विवाह भएको २६ वर्षपछि जापानी नागरिक नोरिको सुमियाले बहुविवाहको आरोपमा काभ्रेका भुवन अधिकारी र कान्छी श्रीमती मिरादेवी भट्टलाईलाई मुद्दा हालेकी हुन् ।

सुमियाको जाहेरीपछि प्रहरीले उनकी सौता २९ वर्षीया भट्टलाई पक्राउ गरेको थियो। तर, ७ महिनाको गर्भवती भएका कारण उनलाई पक्राउ गरेको दुई दिन मै तारेखमा छाडिएको थियो।

सुमियाको अनुसार नेपाल आएका बेला भुवनसँग भेट भएको र त्यहीबीच माया प्रेम बसेपछि उनीहरु दुवै जना जापान गएका थिए। उनीहरुले सन् १९९७ मा विवाह गरेका थिए। उनीहरुको दुई सन्तान पनि रहेका छन् । परिवारको आफू एक्लो सन्तान भएकाले श्रीमानले सम्पती बेचबिखन गरेर जापानमा होटल र नेपालमा जग्गा खरिद गरेको सुमियाले जाहोरीमा भनेकी छन् ।

लामो समयसम्म आफूसँग जापानमा रहेका भुवन पछिल्लो समय भने नियमित रुपमा नेपाल आवतजावत गर्ने गरेको र आफू र छोराहरुसँग राम्रो व्यवहार नगरेपछि नेपालमा अर्कै युवतीसँग विवाह गरेको चाल पाएको उनको भनाई छ । नेपाल आएर कुरा बुझ्दा भुवनको कान्छी श्रीमतीतर्फ छोरीसमेत भएको चाल पाएपछि जाहेरी दिएको उनको भनाई छ। हाल ४६ वर्षीय भुवन फरार रहेका छन्।

त्यसैगरी अनुसन्धानकै क्रममा मिरादेवीले सन् २०१७ मा आफू जापान गएको बेला भुवनसँग भेट भएको बताएकी छन्। भुवनको जेठी श्रीमती रहेको बारे थाहा भएको र पछि सम्बन्ध बिग्रिएर बेग्लाबेग्लै बस्ने गरेको उनले बयानमा भनेकी छन् ।

उनले आफू जापानमा हुँदा ३ वर्ष भुवनकै घरमा बसेको र सन् २०२० मा नेपाल फर्किएर बालुवाटारमा रहेको घरमा बस्ने गरेको बताएकी छन्। मिरादेवीले भुवन हाल जापानमै रहेको र उनले आफूलाई सुमियासँगको सम्बन्ध विच्छेद प्रकृया अन्तिम चरणमा पुगेको बताएका भनकी छन ।