५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद भट्टराईको चेतावनी: सभापति चयन नगरे संसदीय समितिको बैठकमा आउँदिन



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का सांसद योगेश भट्टराईले तत्काल सभापति चयन नगरे संसदीय समितिको बैठकमा नआउने चेतावनी दिनुभएको छ ।

आइतबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा उहाँले सरकारले जसरी संसद्लाई चलाउनुपर्ने हो, त्यसरी चलाउन नसकेको भन्दै सात महिनामा एउटा मात्र विधेयक पास हुनु लज्जाको विषय भएको बताउनुभयो ।

उहाँका अनुसार संसदीय समितिका सभापतिहरु पनि एक महिनाभित्र चयन गर्ने अभ्यास भए पनि तीन महिनासम्म हुन सकेको छैन ।
भागवण्डा नमिलेका कारण सभापति चयन हुन नसकेको भनेर समाचारहरु आइरहेको भन्दै उहाँले आफूहरुले कुनै बार्गेनिङ नगरेको बताउनुभयो ।

“सत्ता गठबन्धनको असहमतिका कारण उत्पन्न भएको समस्याको भारी बोक्न चाहँदैनौं” एमालेका सचिव भट्टराईले भन्नुभयो, ‘केही सहमति बनेको छ, त्यसअनुसार जाऊँ । बनेको छैन संसदीय प्रक्रियामा जाऊँ ।”

यसबारे आफूहरुले सभामुखको ध्यानाकर्षण गराउन लागेको समेत उहाँले बताउनुभयो बताउनुभयो । सत्ता पक्षको झै–झगडाको साक्षी भएर आफूहरु नबस्ने भन्दै उहाँ भन्नुभयो, “सम्भवतस् समितिको अर्को बैठकमा आउँदैनौँ ।