२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

द्रुत गतिमा गुडेको बसका चालक निदाएपछि…



अ+ अ-

इस्लामावाद । पाकिस्तानको पञ्जाब प्रान्तमा द्रुत गतिमा हुँइकिएको यात्रुवाहक बसका चालक निदाउँदा पाँच जनाको मृत्यु भएको छ भने अन्य २० जना घाइते भएका छन् । दुर्घटनामा तीन जना महिला र दुई जना बालबालिकाले ज्यान गुमाएका छन् ।

पूर्वी पञ्जाब प्रान्तको राजनपुर जिल्लामा आइतबार उक्त दुर्घना भएको जनाउँदै प्रहरीले घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने बताएको छ । दुर्घटनाबारे जानकारी पाउनेबित्तिकै प्रहरी र उद्धार टोली घटनास्थलमा पुगेर शव र घाइतेलाई नजिकैको अस्पताल पुर्‍याइएको प्रमुख अस्लमले सञ्चारकर्मीलाई बताएका छन् ।

तीर्थयात्री सवार उक्त बस पञ्जाबको दक्षिणी क्षेत्रमा रहेको सुफी संत सखी सरवरको मन्दिरबाट ज्याकोबाबाद जिल्लातर्फ फर्केको थियो । दुर्घटनामा घाइते भएका बस चालकले यात्रा सुरु गर्नुअघि चरेस सेवन गरेको आशङ्का स्थानीय प्रहरीले उनको रगत परीक्षण गराउन आदेश दिएको छ ।रासस