जापान: जापानको नागोया प्रिफेक्चरका गभर्नरको बर्खास्थीको माग गर्न बुझाइएका अधिकांस हस्ताक्षर अस्वीकृत भएपछि हस्ताक्षर संकलन अभियान संचालन गरेका संसद सचिवालयका पूर्व सचिवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गभर्नर ओमुरा हिदेआकीको बर्खास्थिको माग गर्दै निर्वाचन आयोगमा पेश गरिएका मध्य ८३ प्रतिशत हस्ताक्षर निर्वाचन कार्यालय बाट अस्वीकृत भएपछि प्रहरीले हस्ताक्षर बारे अनुसन्धान थालेको थियो ।
अनुसन्धान पश्चात निर्वाचन कार्यालयमा बुझाइएका ४ लाख ३५ हजार जनाको हस्ताक्षर मध्य झन्डै ३ लाख ६१ हजार भन्दा बढीको (८३ प्रतिशत) हस्ताक्षर दुरुपयोग गरेको आशंकामा ५९ बर्षीय ताखाहिरो तानाखालाई पक्राउ गरिएको हो । उनलाई स्वायत्त शाषन येन उल्लंघनको आरोप लगाइएको छ ।
जापानमा स्थानीय स्वायत्तता कानून बमोजिम मतदाताहरूले संसदका सदस्यहरू, प्रमुख, उपराज्यपाल, मेयर, उप(मेयर, चुनाव प्रशासन समिति, अडिट कमिटी र सार्वजनिक सुरक्षा आयुक्तको खारेजीका लागि मतदाताहरुले निबेदन दिन पाउछन । १ तिहाइ मतदाताहरुले बर्खास्थी अनुरोध (रिकल)गर्ने र त्यो सदर भएमा ६० दिन भित्र निर्वाचन गर्नु पर्ने प्राबधान छ । यहि प्राबधानालाई टेक्दै संसद सचिवालयका पूर्व सचिब ताखाहिरो तानाखाले हस्ताक्षर संकलन गरेका थिए ।
यस अघि आइची प्रिफेक्चरको प्रान्तीय चुनाबमा पराजित भएका उनि नागोया नगरका मेयर कावामुराको पहलमा ुआईची १० लाख रिकल एसोसिएसनु नामक सस्थामा महासचिबका रुपमा कार्यरत थिए । उक्त सस्थामा महासचिब भएपछि उनले हस्ताक्षर अभियान संचालन गरेको उल्लेख गरिएको छ ।
पक्राउ पछि प्रहरीले नागोयामा रहेको उनको घरमा छापा समेत मारेको संचार माध्यमहरुले उल्लेख गरेका छन् ।












