२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपतिनाथ मन्दिरमा हजारौँ बोलबम यात्री



तस्बिर : हरिराम भेटुवाल
अ+ अ-

काठमाडौँ । सौरमास अनुसार साउनको तेस्रो साताको सोमबार पशुपतिनाथ मन्दिरमा हजारौँ बोलबम यात्रीले सुन्दरीजलबाट शुद्ध जल ल्याई चढाएका छन् ।

यो वर्ष साउनको तेस्रो साता आज बोलबम काँवरिया सङ्घको आयोजनामा सुन्दरीजलबाट पशुपतिसम्म बोलबम यात्रा भएको हो । बोलबम यात्राका लागि आइतबार बेलुकी नै भक्तजन सुन्दरीजल पुगेका थिए ।

प्रत्येक वर्ष साउन महिनामा बोलबम यात्रीले वाग्मतीको शिरो भाग सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथमा चढाएका हुन् । बोलबम यात्रीलाई जल चढाउन छुट्टै ढोकाको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो ।

सौरमास अनुसार साउनको तेस्रो साता आज पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनले दर्शन गरेको पनि उहाँले सुनाउनुभयो । आज मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी र अर्थमन्त्री डा प्रकाशशरण महत, पूर्वमन्त्री एवं विश्व हिन्दू महासङ्घका अध्यक्ष डा रामचन्द्र अधिकारीलगायतले पनि दर्शन गर्नुभएको महाशाखा प्रमुख पराजुलीले बताउनुभयो । भारतबाट पनि आज उल्लेख्य मात्रामा भक्तजन पशुपतिनाथको दर्शनमा आएका थिए ।

पशुपतिनाथमा आज रु सात हजार पाँच सयभन्दा बढीको रसिद काटी एक सय २१ जना भक्तजनले विशेष पूजा गरेका छन् । एक जना भक्तजनले भने रु ६५ हजारको रसिद काटेको जनाइएको छ ।

साउनको सोमबारका लागि पशुपति क्षेत्रमा नेपाली सेनाले स्वास्थ्य शिविर आयोजना गरेको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को काठमाडौँ जिल्ला समिति र विश्व हिन्दू महासङ्घको काठमाडौँ जिल्ला समितिका अध्यक्ष एवं पदाधिकारीले पनि सामूहिकरूपमा पशुपतिनाथ मन्दिरमा पूजा, आराधना एवं दर्शन गरेको जनाइएको छ । रासस