२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्ता छन् अनारका फाइदा



अ+ अ-

एजेन्सी । अनार स्वास्थ्यका दृष्टीले निकै लाभदायक फल मानिन्छ। अनार यौन समस्या, मुटु रोगदेखि क्यान्सरका लागि समेत राम्रो मानिन्छ।

यस्ता छन् अनारका फाइदा:

अनारले शरिरमा कोलेस्ट्रको मात्रा घटाउँछ, मुटुका धमनीलाई बलियो र लचिलो बनाउँछ।

ताजा अनारले पखला लागेका र रगतमासी भएका बिरामीलाई तुरुन्तै राहत दिन्छ।

अनारले किड्नीको फिल्टरलाई रक्षा गर्छ। फिल्टरले शरिरबाट हानिकार विकार फाल्ने काम गर्छ।

अनारमा हुने भिटामिन, खनिजले समय नपुगी बच्चा जन्मने खतराबाट बचाउने तथा बच्चाको तौल बढाउन मद्धत गर्छ। अनारमा हुने पोटासियमले गर्भवती महिलालाई मर्निङ सिकनेसबाट बचाउँछ।

अनार एन्टिअक्सिडियन्टयुक्त फल हो। यसले शरिरको खराब कोलेस्टेरोल घटाउन सहयोग गर्छ।

अनारमा हुने तत्व क्यान्सर प्रतिरोधी मानिन्छ।

अनारको जुसले यौन स्वास्थ्यलाई सक्रिय बनाउन मद्धत गर्छ।

अनारले रक्त नलीमा हुने सम्भावित हानीबाट जोगाउँछ। रगतलाई पातलो बनाई शरिरभर रगतको प्रवाह छरितो बनाउँछ।

यसमा हुने एन्टिव्याक्टेरियल र एन्टि माइक्रोबायल गुणले भाइरसबिरुद्ध लड्न सक्ने र रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्छ। यसमा हुने भिटामिन सीले भाइरसका कारण शरिरमा हुने संक्रमणबिरुद्ध जुध्न सहयोग गर्छ।

अनारको जुसमा प्रशस्त मात्रामा आइरन हुन्छ। मासिकधर्म वा गर्भवती अवस्थामा रक्तअल्पमा यसको जुस निकै लाभदायक मानिन्छ ।

अनारमा शारीरिक उत्तेजनलाई शान्त पार्ने तत्व हुन्छ। यसको यही गुणका कारण अनारले दम, पायल्स, पखला र अन्य रोगबाट बचाउँछ।

अनारको जुसले कलेजको रक्षा मात्रा गर्दैन बरु मदिरा वा अन्य पर्दाथले कलेजोमा कुनै प्रकारको हानी गरेमा उपचारको काम पनि गर्छ। कलेजोलाई प्रभावकारी ढंगले कार्य गर्न सहयोग गर्छ।