२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बचत फिर्ता माग्दै सहकारी पीडितले गरे काठमाडौँमा प्रदर्शन



फाईल फोटो
अ+ अ-

काठमाडौँ । सहकारी पीडितहरुले बिहीबार काठमाडौँमा प्रर्दशन गरेका छन् । विभिन्न सहकारीमा पैसा बचत गरेका सर्वसाधारणले प्रदर्शन गरेका हुन् ।

सहकारी संस्थाहरुमा आफूले बचत गरेको रकम फिर्ता पाउनुपर्ने माग राख्दै उनीहरुले माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हु्न् ।

प्रहरीले बचतकर्ताको प्रदर्शनमा बिजुलीबजारमा हस्तक्षेप गर्दा प्रहरीसँग प्रदर्शनकारीहरुको केही बेर धकेलाधकेल समेत भएको थियो । प्रहरीले एभरेस्ट होटल अगाडिको सडकमा बार लगाएर निषेधित क्षेत्रमा प्रदर्शन गर्न रोकेको छ ।

प्रदर्शनकारीहरुले आफ्नो बचत रकम ब्याजसहित फिर्ता पाउनुपर्ने, सहकारी पीडितलाई राज्य कोषबाट रकम फिर्ता गर्नुपर्नेलगायतका माग राखेका छन् ।