२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाचार लेखेको भन्दै पत्रकारलाई ज्यान मार्ने धम्की, कारबाही गर्न महासंघको माग



अ+ अ-

काठमाडौँ । नेपाल पत्रकार महासंघले महासंघका पूर्वमहासचिव उजिर मगरलाई ज्यान मार्ने धम्की दिएको भन्दै आपत्ति जनाएको छ ।

पूर्वमहासचिव मगरलाई सुन तस्करीमा पक्राउ परेका दावा छिरिङका बारे समाचार लेखेको भन्दै उनका आफन्तले ज्यान मार्ने धम्की दिनुका साथै सामाजिक सञ्जालबाट बदनामी गरिरहेकोप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाउँदै कारबाही गर्न माग गरेको छ ।

महासचिव रोशन पुरीद्धारा जारी विज्ञप्तिमा भनिएको छ:

नेपाल पत्रकार महासंघका पूर्वमहासचिव उजिर मगरलाई सुन तस्करीमा पक्राउ परेका दावा छिरिङका बारे समाचार लेखेको भन्दै निजका आफन्तले ज्यान मार्ने धम्की दिनुका साथै सामाजिक सञ्जालबाट बदनामी गरिरहेकोप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

पूर्वमहासचिव मगरको नाममा २०८० साउन १६ गते मंगलबार ‘लोकान्तर डट्कम’मा ‘सुनकाण्डमा माओवादीका रोल्पाली नेतालाई टाउको दुखाइ बनेकी थबाङकी अमला’ शीर्षकमा सुन तस्करीमा संलग्न भनी अनुसन्धानका लागि पक्राउ परेका तिब्बतीयन मुलका बेल्जियन नागरिक दावा छिरिङका बारे समाचार सम्प्रेषण भएको थियो ।

सोही विषयलाई लिएर अनुसन्धानका लागि पक्राउ परेका दावा छिरिङकी पत्नी अमला रोकाका बहिनी ज्वाइँ ९बिन्दु बुढाका ० श्रीमान बागलुङ, ढोरपाटन-४, वर्ष ४६ का खगेन्द्र छन्त्याल, कमलाकी भान्जी दीपा श्रेष्ठ, दाइ अमरले आफूलाई ज्यान मार्ने धम्की दिनुका साथै सामाजिक सञ्जालबाट बदनाम गर्ने काम गरिरहेका पूर्वमहासचिव मगरले महासंघलाई जानकारी गराउनु भएको छ । साथै छिरिङसँग

नाता जोडेका खगेन्द्र छन्त्यालले पनि पूर्वमहासचिव मगरलाई ुजहाँ भेटिन्छ त्यहीँ मार्नेु धम्की दिँदै आएको जानकारी प्राप्त भएको छ । समाचारप्रति चित्त नबुझे त्यसउपर कानुनी उपचार खोज्नसकिने प्रावधान र स्थापित पद्धति हुँदाहुँदै पत्रकारलाई ज्यान मार्ने धम्की दिनु र सामाजिक सञ्जालमा

बदनाम गर्ने काम हुनु अत्यन्त निन्दनीय तथा प्रेस स्वतन्त्रताको ठाडो उल्लघंन हो ।

सुन तस्करीको आरोपमा पक्राउ परेका छिरिङको नाममा पत्रकारमाथि खुलेआम सुरक्षा चुनौती आउनुले पत्रकारको सुरक्षाको विषय गम्भीर बनेको महासंघको ठहर छ । महासंघ घटनालाई गम्भीरतापूर्वक लिई दोषीमाथि कारबाही गर्न र पत्रकारको सुरक्षामा गम्भीर हुन सरकारसँग जोडदार माग गर्दछ ।