२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन तस्करी प्रकरण: भन्सार एजेन्ट रुक्मिना ‘जिम्मा जमानी’मा रिहा



अ+ अ-

काठमाडौं । करिब एक क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेकी रुक्मिना सुब्बा रिहा भएकी छन् । भन्सार एजेन्ट समेत रहेकी रुक्मिना ‘जिम्मा जमानी’मा रिहा भएकी हुन् ।

उनी क्यान्सर पीडित भएकोले बोलाएको बेलामा उपस्थित गराउने शर्तमा रिहा गरिएको राजस्व अनुसन्धान विभागका सूचना अधिकारी नवराज अधिकारीले बताए । घाँटीको क्यान्सर पिडित रुक्मिनालाई किमो थेरापी गर्नुपर्ने देखिएपछि रिहा गरिएको उनले बताए ।

त्रिभुवन विमानस्थलबाट भन्सार जाँच पास भएर गेट बाहिरबाट बरामद गरिएको करिब सुनबारे राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ ।

सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा विभागले चिनियाँ र भारतीय नागरिकसहित १७ जनालाई पक्राउ गरेको छ।