२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलवायु परिवर्तनको असरबाट समुद्र तट जोगाउन स्पेनले ड्रोन उडायो



अ+ अ-

एजेन्सी । स्पेनले समुद्र तटलाई जलवायु परिवर्तनबाट जोगाउन ड्रोन तैनाथ गर्न थालेको छ ।

जलवायु परिवर्तनको असरबाट देशका समुद्र तटहरूलाई जोगाउन स्पेनले का केही भागहरूमा यसरि ड्रोनहरू तैनाथ गरिएको हो ।

स्पेनको समुद्र तटहरू विश्वव्यापी ख्याति कमाएका पर्यटकीय गन्तव्यहरु हुन् । यी समुद्रीतटहरुबाट स्पेनले धेरै आम्दानी गरिरहेको छ । स्पेन सरकारले समुद्री तटको संरक्षण गर्न मद्दतको लागि, उच्च–रिजोल्युसन भएका क्यामेराहरू र मल्टिस्पेक्ट्रल सेन्सरहरूले जडान गरिएका ड्रोनहरू उडाउन थालेको छ ।

यी ड्रोनहरुले बालुवाको मात्रा अनुगमन गर्न, डेटा सङ्कलन गर्न, र समुद्र तटहरुलाई पुनर्जीवीत गर्ने उपायहरू ट्«याक गर्न सूचना संकलन गर्दछन । स्पेनको उत्तरपूर्वी क्षेत्र क्याटालोनियामा रहेको कालाफेल सहरले जलवायु परिवर्तन अनुकूलन उपायहरूको लागि युरोपेली युनियनको इम्पेटस परियोजनामा भाग लिइरहेको छ ।

स्थानीय टिब्बा प्रणालीलाई पुन: उत्पन्न गर्न र सहरको द्ध.द्द किलोमिटर समुद्र तटहरूलाई खराब मौसमबाट बचाउन क्यालाफेलमा ड्रोनहरू प्रयोग भइरहेका छन्। क्यालाफेलका शहरी इकोलोजी काउन्सिलर आरोन मार्कोसले समुद्री तटहरूमा पहिले नै उल्लेखनीय सुधार गरेकोले समुद्री आंधी र छाल रोक्न सक्ने बताउनु भयो ।

ड्रोनले समुद्री किनारमा हुने बदलावको निरन्तर अनुगमन गर्ने र डाटा संकलन गर्ने भएकोले काम गर्न सजिलो भएको बताउनु भयो । यो परियोजना सन् २०२५सम्म जारी रहनेछ ।




भर्खरै