२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन तस्करीबारे गृहमन्त्रीले स्पष्टीकरण दिने भएपछि एमाले संसद अवरोध खोल्न सहमत



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमाले संसदको अवरोध खोल्न तयार भएको छ ।

सुन तस्करी प्रकरणबारे उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले स्पष्टीकरण दिने भएपछि एमाले बैठक चल्न दिन सहमत भएको हो ।

बालुवाटारमा बसेको सभामुखसहितको तीन दलको शीर्ष नेताहरूको बैठकमा प्रतिनिधिसभाको बैठक चल्ने दिने सहमति भएको एमालेका सचेतक महेश बर्तौलाले बताए ।

सचेतक बर्तौलाले एमालेले सरकारलाई सहयोग गर्न उच्चस्तरीय छानबिनको माग गरेको र यो एजेण्डा नछाड्ने बताए । ‘सीआईबीको अनुसन्धानले अपराधबारे अनुसन्धान हुन्छ, योभन्दा बाहिर पनि अध्ययन गर्नुपर्नेछ’ उनले भने, “नेपाल तस्करहरुको स्वर्ग किन बन्दैछ ? तस्करको जालो समाप्त पार्न कानुनी, संरचनागत जटिलता के छ भनेर अध्ययन गर्नुपर्नेछ ।’

उनले आजको बैठकमा  गृहमन्त्रीले जवाफ दिँदा आफ्नो माग सम्बोधन नभए पुन: सदन अवरोध गर्ने बताए ।




भर्खरै