२४ जेष्ठ २०८३, आईतवार
,
Latest
रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउता चढेको भन्दै छोराले गरे आफ्नै आमाको हत्या



(सांकेतिक तस्बिर)
अ+ अ-

सल्यान । सल्यानमा देउता चढेको भन्दै छोराले आफ्नै आमाको हत्या गरेका छन् ।

शारदा नगरपालिका-१३ माथिल्लो सल्यानचौर बस्ने २३ वर्षीय नवीन भण्डारीले एक्कासी आफूलाई देउता चढेको भन्दै लठ्ठीले टाउकोमा प्रहार गरी आमाको हत्या गरेका हुन् ।

लठ्ठीको प्रहारबाट आमा ४८ वर्षीया शारदा भण्डारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

नवीनलाई पक्राउ गरी यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।