२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोनाल्डोको निर्णायक गोलमा अल नासर फाइनलमा



अ+ अ-

एजेन्सी । पोर्चुगिज सुपरस्टार क्रिष्ट्रियानो रोनाल्डो आवद्ध क्लब अल नासर अरब क्लब च्याम्पियन्सको फाइनलमा पुगेको छ ।

गएराति प्रिन्स सुल्तान बिन अब्दुल अजिज स्टेडियममा भएको सेमिफाइनल खेलमा इराकको च्याम्पियन क्लब अल सोर्टा एससीलाई १-०ले पराजित गर्दै अल नासर उपाधिनजिकै पुगेको हो ।

अल नासरको लागि रोनाल्डोले निर्णायक गोल गरे । उनले खेलको ७५ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेर खेल आफ्नो पक्षमा ल्याएका थिए।

गएराति नै भएको अर्को खेलमा अल शबाबलाई हराउँदै अल हिलाल क्लब पनि फाइनलमा पुगेको छ । फाइनल खेल शनिबार राति हुनेछ ।