२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई वर्षभित्र नेपालमा पूर्ण विद्युतीकरण हुन्छ: कुलमान घिसिङ



अ+ अ-

काठमाडौँ ।नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले दुई वर्षभित्र मुलुकमा पूर्ण विद्युतीकरण हुने बताएका छन् ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै घिसिङले सरकारको लक्ष्यअनुसार नेपाल आगामि दुई बर्षमा पूर्ण विद्युतीकरण हुने बताएका हुन् ।

उनले भने, ‘सरकारको लक्ष्यअनुसार आगामी २ वर्षभित्र पूर्ण विद्युतीकरणका सबै योजना अघि बढेका छन्। यस्तै, प्रतिव्यक्ति विद्युत खपत २ वर्षअघि २३५ युनिट प्रतिव्यक्ति थियो । जुन, यतिबेला बढेर २८० युनिट प्रतिव्यक्ति पुगेको छ ।

प्राधिकरणले विगत २ वर्षमा उद्योगले मागेजति बिजुली उपलब्ध गराएको निर्देशक घिसिङले जानकारी दिए । साथै, उनले देशको कूल जनसंख्याको ९५ प्रतिशत जनता विद्युतको पहुँचमा पुगेको जानकारी दिएका छन् । जसमा मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश पूर्णरुपमा विद्युतीकरण भएको उनले बताए ।

निर्देशक घिसिङको अनुसार कोसीमा ९५ प्रतिशत र लुम्बिनीमा ९८ प्रतिशत जनसंख्या विद्युतको पहुँचमा पुगेको छ । यस्तै, कर्णाली प्रदेशको ६७ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ८२ प्रतिशत जनसंख्या विद्युतको पूर्ण पहुँचमा पुगेको छ ।




भर्खरै