२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यानमारमा भीषण वर्षापछिको बाढी: ४५ हजार बढी मानिस बिस्थापित



अ+ अ-

एजेन्सी । म्यानमारमा भीषण वर्षापछि आएको बाढीका कारण हालसम्म ४५ हजार बढी मानिसहरु बिस्थापित भएका छन् ।

शुक्रवारबाट भीषण वर्षापछि नदीमा आएको बाढीका कारण देशभर ४५ हजार भन्दा बढी मानिसिहरु बिस्थापित भएका हुन् ।

सामाजिक कल्याण, राहत र पुनर्वास मन्त्रालय अन्तर्गतको विपद् व्यवस्थापन विभागका निर्देशक डाउ ले श्वे सिन ओले हालसम्म सोम राज्यका तीन र राखिन राज्यका दुई जना गरी पाँच जनाको मृत्यु भएको बताउनु भयो । मनसुनको समयमा प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्र र प्रदेशमा काचिन, केइन, बागो, मगवे, मोन र राखाइन पर्दछन् ।

विपद् व्यवस्थापन विभागले बाढी पीडितलाई सहयोग गर्न देशभर १०९ वटा आश्रयस्थल स्थापना गरेको छ । अधिकांश आश्रयस्थलहरू मोन, केइन र रखाइन राज्यका साथै बागो क्षेत्रमा अवस्थित रहेको उहाँको भनाइ छ । राखिन राज्यले बाढी र बढ्दो नदीको सतहका कारण २ हजार १४६ घरपरिवारबाट १० हजार भन्दा बढी मानिसहरूलाई आश्रयस्थलमा पुर्‍याएको बताइएको छ । साथै सडक सञ्जालबाट जोडिएका विभिन्न स्थानहरुको सम्बन्ध बिच्छेद भएको बताइएको छ ।

त्यस्तै लगातारको भारी वर्षाका कारण बाढी आएपछि बागो क्षेत्रमा २ हजार ९७३ घरपरिवारका १२ हजार ४ सय ६१ जना आश्रयस्थलमा सर्न बाध्य भएका छन् । मौसम विज्ञान तथा जलविज्ञान विभागका निर्देशक यु ह्ला तुनका अनुसार अहिले भइरहेको भीषण वर्षाका कारण नदीको सतह बढेको हो ।

म्यानमारको मौसम एजेन्सीले शुक्रवार जारी गरेको अगस्टको १० दिने पछिल्लो पूर्वानुमान अनुसार अगस्ट ११ देखि २० सम्म देशका विभिन्न भागमा अय्यरवाडी नदी र चिन्दविन नदी लगायतका नदीको बहाव बढ्ने अनुमान गरिएको छ ।