२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

टि२० आई: वेस्ट इन्डिजमाथि भारतको सहज जित, निर्णायक खेल आज



अ+ अ-

एजेन्सी । भारतले चौथो टि२० आई खेलमा घरेलु टोली वेस्ट इन्डिजलाई पराजित गरेको छ । ओपनर यशस्वी जैसवाल र शुभमन गिलको कीर्तिमानी ब्याटिङमा भारतले वेस्ट इन्डिजलाई ९ विकेटले हराउदै शानदा। जित हात पारेको हो । यससँगै पाँच टि२० आई खेलको सिरिज २-२ को बराबरीमा पुगेको छ ।

जितको लागि वेस्ट इन्डिजले दिएको १ सय ७९ रनको मध्यम विजयी लक्ष्य भारतले १७ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । भारतको जितमा यशस्वी जैसवाल ८४ रनमा नटआउट रहे । उनले ५१ बलमा ११ चौका र ३ छक्का प्रहार गरे ।

अर्का ओपनर शुभमन गिलले पनि अर्धशतकीय ईनिङ खेले । उनले ४७ बलमा ३ चौका र ५ छक्कासहित ७७ रन बनाए । पहिलो विकेटका लागि गिल र जैसवालले १ सय ६५ रनको साझेदारी गरेका थिए ।

भारतीय टि२० आईमा ओपनरले गरेको यो साझेदारी हालसम्म कै उच्च हो । २०१७ मा श्रीलंकाविरुद्ध रोहित शर्मा र लोकेश राहुलले पहिलो विकेटका लागि १ सय ६५ रनको साझेदारी गरेका थिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय ७८ रन बनाएको थियो । वेस्ट इन्डिजको लागि शिम्रन हेटमायरले सर्वाधिक ६१ रनको योगदान दिएका थिए ।

यस्तै, शाई होपले ४५ रन जोड्दा वेस्ट इन्डिजका अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । ओपनर कायल मेयर्स १७, बे्रन्डन किंग १८, कप्तान रोभम्यान पावेल १, रोमारियो शेफर्ड ६, ओडियन स्मिथ १५ र अकिल हुसैनले ५ रन बनाएर आउट भए ।

भारतको लागि स्पिनर कुलदीप यादबले २ विकेट लिए । युजभेन्द्र चाहल, मुकेश कुमार र अक्षर पटेलले समान एक एक विकेट लिए ।

सिरीजको पाँचौं तथा निर्णायक खेल आज राती हुनेछ ।