२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीलाई प्रदीपको चुनौति: भ्रष्टाचारबिरोधी अभियान हो भने नाम जोडिएका आफ्ना पार्टीका नेतामाथि अनुसन्धान गर्नुस्



file photo
अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय संयन्त्र बनाउनुपर्ने बताउनुभएको छ ।

आईतवार पार्टी संसदीय दलको बैठकस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पौडेलले सुन तस्करी प्रकरणको छानविन गर्न उच्चस्तरीय संयन्त्र बनाउनुपर्ने बताउनुभएको हो । उहाँले पार्टीको संसदीय दलको बैठकमा पनि आफूले उच्चस्तरीय संयन्त्र बनाउनुपर्ने धारणा राखेको बताउनु भयो ।

उहाँले सुन तस्करी प्रकरणको मात्रै नभइ अन्य चर्चित घटनाहरुको पनि छानबिन हुनुपर्ने बताउनु भयो । सांसद पौडेलले विमानस्थलको सुरक्षा संयन्त्र र अध्यागमन प्रशासनको सेटिङ बिना सुन नेपाल छिर्न नसक्ने भन्दै छानबिनमा ढिलाइ भइरहेको बताउनु भयो । उहाँले छानबिनमा उत्साह नदेखाएका कारण राजनीतिक नेतृत्वमाथि शंका गर्नुपर्ने स्थिति बनेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘यो सियो आएको होइन । एक क्विन्टल सुन आएको हो । अध्यागमन प्रशासन नमिलाइकन त्यो सुन नेपालभित्र छिर्नै सक्दैन । एयरपोर्टमा भएको सुरक्षा संयन्त्रलाई नमिलाएसम्म त्यो नेपालभित्र छिर्न सक्दैन । त्यसैले अब राजनीतिक नेतृत्वको संलग्नता छ, छैन योभन्दा अगाडी भन्न सकिदैनथ्यो । तर अब छानविनमा धेरै उत्साह नदेखाएको कारणले राजनीतिक नेतृत्वमाथि पनि शंका गर्नुपर्ने स्थिति बनेको छ । आज तिनहप्ता भइसक्यो । भरिया मात्रै समातेको छ । भारी बोकाउनेलाई किन समातिएन आजसम्म ? त्यसैले यदि सिआइबिले प्रभावकारिता देखाउन नसक्ने हो भने विकल्प खोज्नुपर्‍यो नि त । भारी बोकाउने हो हुन् ? आजसम्म एकजना पनि किन समातिदैन ? त्यसकारण यो गम्भिर विषय हो । हङकङ सरकारलाई पत्र लेख्नुपर्छ । हाम्रो नेता शेखर कोईरालाले भन्नुभयो । त्यो काम किन गरिदैन ? बाह्य नेक्ससहरु जे हुन् त्यो नेक्ससहरुसँग यसको बारेमा के हो ? कसरी भयो भन्ने बारेमा सोधखोज किन गर्दैन ? यसलाई जुन ढंगबाट छानबिन गर्नुपर्ने हो, जुन रफ्तारमा हुनुपर्ने हो, बोकाउनेहरु को–को हुन् त्यसलाई खोज्ने सन्दर्भमा किन आजसम्म उपलब्धि भएन ? अनि एउटा पत्रिकाले कसको कति पटक टेलिफोन संवाद भयो भन्ने थाहा पाउन सक्छ । राज्यले थाहा पाउन सक्दैन ?मैले त यसको मात्रै होइन चर्चित सबै घटनाहरुको छानबिन हुनुपर्छ । काँग्रेसको संसदीय दलको बैठकले आजसम्मका जतिपनि चर्चित घटनाहरु छन्, ति सबै घटनाहरुको छानविन गर्नका निम्ति उच्च स्तरीय संयन्त्र बनाउने निर्णय गर्नुपर्छ । यदी त्यो निर्णय हामीले गरिसकेपछि सरकारले मानेन, प्रधानमन्त्रीले मान्नुभएन भने यो सरकारप्रतिको समर्थन हामीले फिर्ता लिनुपर्छ ।’

उहाँले कांग्रेस संसदीय दलको बैठकले उच्चस्तरीय संयन्त्र बनाउने निर्णय गर्नुपर्ने र सो निर्णय प्रधानमन्त्रीले नमानेमा सरकारलाई काँग्रेसले दिएको समर्थन फिर्ता लिनुपर्ने बताउनु भयो । सांसद पौडेलले प्रधानमन्त्री दाहालले आफ्नो पार्टीसँग नाम जोडिएका सांसदहरुमाथि अनुसन्धान नगर्ने कुराले थप शंका उब्जिएको बताउनु भयो । प्रधानमन्त्री दाहालले भ्रष्टाचारबिरुद्ध अभियान चलाएका छाैँ साथ दिनुस् भन्ने तर आफ्नै पार्टीसँग जोडिएका नेताहरुको नाम आउँदा अनुसन्धान नगर्ने कुराले जनताले विश्वास गुमाएको बताउनु भयो । उहाँले प्रधानमन्त्री दाहालले आफ्ना बाहेकका पार्टीका नेताहरुमाथि मात्रै अनुसन्धानको प्रक्रिया अघि बढाएको जस्तो देखिएको बताउनु भयो ।