काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मुल्य बढेको छ । सुनकोम मुल्य प्रतितोला रु ३ सयले बढेको छ । हिजो (सोमबारं) प्रतितोला रु ९२ हजारमा कारोबार भएको छापावाला सुन आज (मंगलबार) बढेर प्रतितोला रु ९२ हजार ३ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता तेजावी सुनको मुल्य पनि बढेर ९१ हजार ८ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
त्यसैगरी चाँदीको मूल्य भने प्रतितोला रु १३४५ रुपैयाँ कायम भएको छ ।







