काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य प्रतितोला रु २ सयले बढेको छ । हिजो (आईतबार) प्रतितोला रु ९१ हजार ८ सयमा कारोबार भएको छापावाला सुन आज (सोमबार) रु २ सयले बढ्दै प्रतितोला रु ९२ हजार कायम भएको छ ।
यता तेजावी सुनको मुल्य पनि बढेर ९१ हजार ५ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
त्यसैगरी चाँदीको मूल्य भने प्रतितोला रु १३६० रुपैयाँ कायम भएको छ ।







