काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्यमा भारी वृद्धि आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बिहिबारको तुलनामा प्रतितोला रु ११ सय रुपैयाँले वृद्धि हुँदै शुक्रबार सुनको मूल्य ९१ हजार ७०० रुपैयाँ कायम भएको हो ।
त्यस्तै, तेजाबी सुन आज ९१ हजार २०० रुपैयाँ कायम भएको छ ।
महासंघका अनुसार यता चाँदीको मूल्य भने प्रतितोला रु १३५० रुपैयाँ कायम भएको छ ।







