काठमाडौं । नेपाली सुन/चाँदी बजारमा आज सुन/चाँदीको मुल्यमा सामान्य वृद्धि भएको छ । आज सुनको मुल्य रु २ सयले बढेको छ । हिजो (सोमबार) तोलामा रु ९० हजार ४ सयमा कारोबार भईरहेको छापावाला सुनको मुल्य आज रु २ सयले बढेर प्रतितोला रु ९० हजार ६ सय कायम भएको छ ।
त्यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मुल्य आज प्रतितोला रु ९० हजार १ सय कायम गरिएको छ ।
उता चाँदीको मुल्य तोलामा रु १३२५ कायम गरिएको महासंघले जनाएको छ ।







