२४ जेष्ठ २०८३, आईतवार
,
Latest
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकदिवसीय वरियतामा पाकिस्तानलाई उछिन्दै अष्ट्रेलिया शीर्षस्थानमा



अ+ अ-

एजेन्सी । अष्ट्रेलिया आईसीसीको एकदिवसीय वरियतामा फेरि पहिलो स्थानमा उक्लिएको छ ।

अष्ट्रेलियाले दोस्रो एकदिवसीय खेलमा दक्षिण अफ्रिकालाई १२३ रनले पराजित गर्दै शीर्ष स्थानमा पुनः कब्जा जमाएको हो । आइतबार डेभिड वार्नर (१०६) र म्यान अफ द म्याच मार्नस लाबुसचेन (१२४) को शतकको मद्दतमा अष्ट्रेलियाले १२३ रनले जित निकाल्दै पाँच खेलको शृङ्खलामा २–० को अग्रता लिएको छ ।

अस्ट्रेलियाले आठ विकेट गुमाएर ३८२ रन बनाएको थियो । यो एकदिवसीयमा टोलीको तेस्रो उच्च स्कोर हो । यसपछि अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई ४१.५ ओभरमा २६९ रनमा अलआउट गरेको थियो ।

यो जितपछि अष्ट्रेलियाको १२१ रेटिङ अंक छ । जसअनुसार अष्ट्रेलियाले पाकिस्तानलाई पन्छाएर नम्बर एक स्थान सुरक्षित गरेको छ । पाकिस्तानको १२० रेटिङ अंक छ । भारत ११४ रेटिङ अंकसहित तेस्रो स्थानमा छ । यस्तै, न्यूजिल्याण्ड, इंग्ल्याण्ड र दक्षिण अफ्रिका क्रमशः चौंथो, पाँचौं र छैटौं स्थानमा छन् । नेपाल १५ औं स्थानमा छ ।